भीम आचार्यको राजीनामा स्वीकृत, भोलि १ बजेसम्म नयाँ सरकारको लागि दावी आह्वान

तेजन खड्का

विराटनगर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यको राजीनामा स्वीकृत गर्दै मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्न दलहरुलाई आह्वान गरिएको हो।

मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रकाशित मिति: : 2021-11-01 16:17:00

प्रतिकृया दिनुहोस्