पार्टीका घरझगडा सल्टाउन सक्रिय बनेकी राष्ट्रपति प्रधानन्यायाधीश प्रकरणमा टुलुटुलु

शिलापत्र

शिशिर ढकाल

दलीय विवाद मिलाउन सक्रिय हुने राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जाेडिएकाे विवादमा भने मौन देखिएकी छिन् । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन लबिङ गरेपछि प्रधानन्यायाधीश राणा विवादमा तानिएका हुन् ।

राणाको विवादास्पद भूमिकालाई देखाउँदै न्यायाधीशहरूले इजलास अवज्ञा गरिरहेका छन् । बहुसंख्यक न्यायाधीशहरू इजलासमा नजाँदा दैनिक सरदर २ सय मुद्दा प्रभावित छन् । सुरुका दिनहरूमा त बन्दी प्रत्यक्षीकरणजस्ताे अत्यावश्यक र अति स‍ंवेदनशील मानिएकाे मुद्दासमेत प्रभावित हुन पुग्याे ।

रामशाहपथभित्रकाे किचलाेका कारण सर्वसाधारणहरू न्यायबाट बञ्‍चित रहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले यस विषयमा कुनै चासो देखाएकी छैनन् । झट्ट हेर्दा याे न्यायालयभित्रकाे मामिलाजस्ताे देखिए पनि स‌ंविधान र कानुनकाे अन्तिम व्याख्या गर्ने निकाय सर्वाेच्च अदालतमै विरलै देखिने गतिराेध उत्पन्न भएका बेला शीतलनिवासकाे माैनता चर्चायाेग्य बन्न गएकाे हाे । किनभने राज्यकाे मुख्य अ‌ंग निष्कृय बन्दा अभिभावककाे खाेजी स्वभाविक हुन जान्छ । शीतलनिवास आफैँ भने याे प्रकरणबारे के साेचिरहेकाे छ त ?

 

प्रकाशित मिति: : 2021-11-02 15:37:00

प्रतिकृया दिनुहोस्