उद्योग मन्त्रालय ६ महिनायता नेतृत्वविहीन, कानुन निर्माणकै फाइल अड्कियो

रातोपाटी

काठमाडाैं

जेठ ६ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका सात मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको व्याख्या ग¥यो । सर्वोच्चले नेकपा (माओवादी केन्द्र) को उम्मेदवार भई चुनाव जितेर नेकपा (एमाले) मा प्रवेश गरेका सात मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको व्याख्या गरेको थियो ।सर्वोच्चको व्याख्यासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समेत पद गयो । त्यसयता यो मन्त्रालयले निश्चित विभागीय मन्त्री पाउन सकेको छैन । सर्वोच्चको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त नभएका भने हैनन्।पाँच महिना अवधिमा दुई जनाले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । जेठ अन्तिम साता मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजकिशोर यादवले मन्त्रालयको जिम्मेवारी पाएका थिए ।तर, माओवादीबाट एमाले प्रवेश गरेका मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको भनेर व्याख्या गरेको सर्वोच्चले जेठ २१ र २७ मा भएको मन्त्रिपरिषद् विस्तारलाई पनि ठिक मानेन । असार ८ गते विस्तार भएको मन्त्रिपरिषद् अन्तरिम आदेशमार्फत खारेज गरिदियो ।

प्रकाशित मिति: : 2021-11-04 13:05:00

प्रतिकृया दिनुहोस्