महाधिवेशन किन पन्छाइरहन्छ कांग्रेस ?

कांग्रेसको पाँचौँपटक तोकिएको १४औं महाधिवेशन आउन ठ्याक्कै एक महिना बाँकी छ। तर, उक्त मितिमा पनि महाधिवेशन हुनेमा कांग्रेस नेता विश्वस्त देखिनन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महाधिवेशनबाट भागिरहेको नेताहरू बताउँछन्। 

विश्लेषक पुरञ्जन आचार्य त्यसका दुई कारण रहेको बताउँछन्। पहिलो, गुटको व्यवस्थापनमा कठिनाइ। दोस्रो जित सुनिश्चित हुनेमा शंका। सभापति देउवाले महाधिवेशन सार्ने प्रस्ताव गर्दा वरिष्ठ नेता पौडेल पक्षले सहजै समर्थन जनाउनुले दुवै पक्ष महाधिवेशनबाट भागिरहेको देखाएको आचार्यको ठम्याइ छ। 

प्रकाशित मिति: : 2021-11-11 08:32:00

प्रतिकृया दिनुहोस्