बिग बोस–१५ : राकेश बापतपछि शोबाट आउट भइन् शमिता शेट्टी 

Timesnowhindi.com
Timesnowhindi.com

बलिउड अभिनेत्री शमिता शेट्टी ‘बिग बोस–१५’ की सदस्य बनेकी छन्।

यसपटक शोबाट ‘सक्ट’ खबर आइरहेको छ, कि मेकर्शले बिना ‘एलिमिनेशन’ नै अभिनेत्रीलाई शोबाट निकालेका छन्। जसको कारण ‘हेल्थ कन्डिशन’ बताइएको छ।

रिर्पोटको अनुसार उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि मेकर्शले उपचारका लागि शोबाट निकालेको हो। उनी निको भएपछि शोमा पुन प्रवेश गर्ने बताइएको छ।

यसअघि उनकै बायफ्रेन्ड अभिनेता राकेश बापट शोबाट आउट भएका थिए। उनको पेटमा दुखाई हुन थालेपछि मेकर्शले उपचारका लागि राकेशलाई शोबाट निकालेर अस्पतालमा भर्ना गरेका थिए।

यसअघि राकेश रियालिटी ‘बिग बोस ओटीटी’ मा देखिएका थिए। जहाँ उनको पार्टनर शमिता थिइन्। उनी उक्त शोमा ‘सेकेन्ड रनर अप’ भएकी थिइन्। 

प्रकाशित मिति: : 2021-11-15 12:38:00

प्रतिकृया दिनुहोस्