सहमतिमा कस्तो आउला एमाले नेतृत्व ?

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

एमाले नेताहरूले १०औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन्। तर, सहमतिमा अन्य पदाधिकारी को–को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ। 

महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत गरे पनि खुलेका छैनन्। केही नेताले उपमहासचिव घनश्याम भुसाल अध्यक्षमा उठ्ने हुन कि भन्ने संकेत गरेका छन्। तर, उनी पनि यसबारे बोलेका छैनन्। अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन्।

प्रकाशित मिति: : 2021-11-17 08:42:00

प्रतिकृया दिनुहोस्