धनगढीमा यसरी हुँदैछ क्रिकेट संघको साधारण सभा

नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ।

मंगलबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४, १५ पुसमा गर्ने निर्णय गरेको हो। यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ।

यस्तै, संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ। संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

यस्ता छन् क्रिकेट संघले गरेको निर्णय

१. संघको वार्षिक साधारण सभा २०७८ साल पौष १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरिएको छ।

२.संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरिएको छ।

३.संघको मुख्य प्रशिक्षक छनौटका लागि संघका कार्यवाहक सचिव  प्रशान्त विक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र १ जना आइसिसीका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनौट समिति गठन गर्ने निर्णय गरिएको छ।

४.संघको आर्थिक कार्यविधि पारित गरिएको छ।

५.प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णय गरिएको छ।

५.प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णयहरु गरिएको छ। 

प्रकाशित मिति: : 2021-11-17 09:09:00

प्रतिकृया दिनुहोस्