फिल्म ‘पासो’ चैत १८ देखि प्रदर्शनमा आउने

फिल्म ‘पासो’को चैत १८ देखि प्रदर्शनमा आउने भएको छ।

भगवान भुजेलले निर्माण गरेको सो फिल्ममा अभिनेत्री रिस्ता बस्नेतको अभिनय रहेको छ। 

फिल्मलाई क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जनाएको छ।

वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सहनिर्माता रहेको फिल्ममा फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

फिल्ममा रिस्ताको साथमा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति: : 2021-11-18 14:23:00

प्रतिकृया दिनुहोस्