गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। प्रविशाले झापाका निर्माण सिटौलासँग विवाह गरेकी हुन्।
गायिका प्रविशा अधिकारी र निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए।
प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि भएको थियो। प्रविशा रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छिन्।