१६ वर्ष जेलमा बसेर दोषमुक्त भएका मानिससँग अमेरिकी लेखिकाले किन मागिन् माफी?

बिबिसी

काठमाडाैँ

अमेरिकी लेखिका एलिस सेबोल्डले आफूलाई सन् १९८१ मा बलात्कार गरेको आरोपमा गलत तरिकाले दोषी ठहर गरिएका मानिससँग माफी मागेकी छन्।

त्यसरी गलत रूपबाट दोषी ठहर भएर १६ वर्ष जेल सजाय बिताएका एन्थोनी ब्रोडवाटरलाई गत सातामात्रै दोषमुक्त गरिएको थियो।

एलिसले आफ्नो संस्मरणात्मक पुस्तक 'लक्की'मा आफूमाथि बलात्कार भएको घटना उल्लेख गरेकी छन्।

उनले पुस्तकमा बलात्कारपछि गल्लीमा एकजना अश्वेत मानिस देखेको र आफूमाथि हमला गर्ने व्यक्ति तिनै भएको ठानेको बताएकी छन्।

त्यसपछि एन्थोनी ब्रोडवाटरलाई पक्राउ गरिएको थियो र उनलाई दोषी पाइएको भनेर जेलमा हालिएको थियो।

प्रकाशित मिति: : 2021-12-01 09:29:00

प्रतिकृया दिनुहोस्