कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित, महाधिवेशनपछि गर्ने निर्णय

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन्। प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन। शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति: : 2021-12-02 13:02:00

प्रतिकृया दिनुहोस्