कांग्रेसकाे प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क लाग्ने

नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ। गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ।

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ।

यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ।

बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ। 

प्रकाशित मिति: : 2021-12-02 15:11:00

प्रतिकृया दिनुहोस्