यस्तो छ– एमाले महाधिवेशनको परिणाम, कसले कति मत पाए ? ( सङ्ख्यासहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन आयोगले चितवनमा भर्खरै सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वको मतपरिणाम सार्वजनिक गरेको छ।

सो पार्टीका निर्वाचन आयोगका प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य विजय सुब्बाले उक्त परिणाम सार्वजनिक गरेका हुन्।

परिणाममा अध्यक्षमा उम्मेद्वार बनेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलले पाएको मतदेखि केन्द्रीय सदस्यसम्म सबैले पाएको मतसंख्या मतपरिणाम सार्वजनिक गरिएको हो।

निर्वाचन आयोग प्रमुख सुब्बाले सबै कार्यकर्ता र  जनतालाई जानकारी होस् भनेर पार्टीभित्रको मतपरिणाम पनि सार्वजनिक गरिदिएको बताए।

पहिलोपटक उक्त जिम्मेवारी बहन गरेका सुब्बाले अनुभव सुनाए, ‘पार्टीको माथिल्लो तहका नेताहरुले समेत ससाना विषयमा कडा टिप्पणी गरेको पनि सुन्नुपर्ने अवस्था भोगियो। यो चुनौतीपूर्ण काम सम्पन्न गरेकोमा खुशी छु। अब प्रदेशमा पनि चुनाव गराउनुपर्ने छ। त्यो पनि हाम्रै जिम्मेवारी हो।’

आधिकारिक रुपमा सार्वजनिक गरिएको मतपरिणाममा दशौंँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा भएको विद्युतीय मतदानको मतगणनाको उल्लेख छ।

यस्तो छ– एमालेको महाधिवेशनमा निर्वाचित नयाँ नेतृत्वले पाएको मत

प्रकाशित मिति: : 2021-12-02 16:08:00

प्रतिकृया दिनुहोस्