घोराही उपमहानगरले काेराेनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप दियाे ५० हजार रूपैयाँ

दाङको घोराही उपमहानगरपालिकाले कोरोना भाइरस (कोभडि १९) को संक्रमण मृत्यु भएका परिवारलाईर ५० हजार रुपैयाँ राहत वितरण गरेको छ। नगरभित्र बसोबास गर्ने ५४ जना परिवारलाई बिहीबार एक कार्यक्रकका बीच उपमहानगरले राहत वितरण गरेको हो।

नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख सितासिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत क्रृषीराम केसीले मृतकका परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँको चेक हस्तान्तण रेका थिए। घोराहीमा मात्र कोरोनाबाट मृत्यु भएकाको संख्या १०० बढी रहेको छ।

बाँकी अन्यलाई पनि क्रमश राहत विरण गर्दै जाने नगरप्रमुख चौधरीले बताए। उनले कतिपयले घोराहीमा बसोबास भएपनि स्थायी बसोबार अनेत्रै भएकाले राहत नपाउने पनि जानकारी दिए। मृत्यु हुनुभन्दा अन्यत्रबाट बराइँसराई लिएका जो कोहीलाई पनि राहत विरण गरिने चौधरीको भनाई छ। 

नगरप्रमुख चौधरीले अहिले पनि कोरोनाको जोखिम रहेको भन्दै सबै सतर्क रहन आग्रह गरे। खोप लगाएका व्यक्तिलाई कोरोनाले सक्रमण गर्छ कि गर्दैन भन्ने अझै पनि ढुक्क हुन नसकिएको उनले बताए।

प्रकाशित मिति: : 2021-12-03 10:01:00

प्रतिकृया दिनुहोस्