ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई

ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ।

बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो।

उपाधिसँगै गल्कोटले नगद १ लाख ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ।

प्रकाशित मिति: : 2021-12-09 06:49:00

प्रतिकृया दिनुहोस्