अ‍ाेमिक्राेनलाई अहिले प्रयाेगमा अ‍ाएकै खाेपले काम गर्छ: डब्लूएचओ

बिएल संवाददाता

न्युयाेर्क
File Photo
File Photo

अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट 'ओमिक्रोन'लाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो ) ले जनाएको छ। अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन्।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ। दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो।

चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ। 

 

प्रकाशित मिति: : 2021-12-09 10:26:00

प्रतिकृया दिनुहोस्