मलाई मेरै फिल्म परिपक्व लाग्दैन (अन्तर्वार्ता)

बाह्रखरी

काठमाडौँ

चलचित्र ‘प्रकाश’ पोस्टमा छ, के काम भइरहेको छ ? 

पोस्ट प्रोडक्सनमा छ। साउन्ड डिजाइनको काम भइरहेको छ। ब्याकग्राउन्ड स्कोरको काम भइरहेको छ।

सके र सम्भव भएसम्म साउन्ड डिजाइनका लागि नेपालबाहिर जान पाए हुन्थ्यो भन्ने लोभ मेकरमा हुन्छ। नेपालमा साउन्डमा राम्रो काम गर्न सक्ने दक्ष जनशक्ति छैन ? 

साउन्ड डिजाइनको काम भनेको टेक्निकल काम हो। साउन्ड डिजाइनको इकुप्मेन्ट चलाउन जान्ने मान्छे त नेपालमा धेरै छन्, तर फिल्मको साउन्ड डिजाइनको महत्त्व कति छ भनेर बुझ्ने संख्याचाहिँ सायद कम छ। साउन्डले स्टोरी टेल गर्छ। भिजुअलको काम गर्छ। तर, हाम्रोमा भिजुअल पछाडि साउन्ड राख्ने काम मात्रै हो साउन्ड डिजाइन भन्ने बुझाइ छ। कतिपय मेकरमा समेत यही सोच रहेको पाइन्छ। कथालाई गहिराइमा पुगेर भन्न भिजुअलले नसकेको अवस्थामा साउन्डले भन्नसक्छ भन्ने बुझाइ कमैमा छ। जसले साउन्डको अर्थ र शक्ति बुझेको छ, उसले बाहिर लैजान पाए हुन्थ्यो अथवा त्यो तहका साउन्ड डिजाइनर हायर गरेर काम गराउन पाए हुन्थ्यो भन्ने सोच राख्छ।

प्रकाशित मिति: : 2021-12-09 16:52:00

प्रतिकृया दिनुहोस्