काँग्रेसको नेतृत्व प्रतिनिधिमा निर्भर : बीपी

गोरखापत्र

काठमाडौँ

नेपाली काँग्रेसका अध्यक्ष श्री विश्वेश्वरप्रसाद कोइरालाले नेपाली काँग्रेसको सातौँ महाधिवेशनमा अध्यक्ष पदबाट दिनुभएको भाषण साथीहरू,
यस महाअधिवेशनमा भाग लिन देशका विभिन्न क्षेत्रहरूबाट आउनुभएका तमाम साथीहरूलाई सर्वप्रथम मेरो हार्दिक अभिवादन छ । साथीहरूको विश्वास प्राप्त गरेर नेपाली काँग्रेसको गौरवपूर्ण तथा गम्भीर पदको जिम्मेदारी मेरो काँधमा पुनः यसपाली पनि पर्न गएको छ । यो गम्भीर दायित्व मेरो व्यक्तिगत दायित्व मात्र नभई हाम्रो पार्टीको सामूहिक दायित्व हो ।

तसर्थ यस विश्वासमा कि सबै साथीहरूले आफ्नो आफ्नो स्थानमा रही सम्पूर्ण हृदयले आपसमा सहयोग गरेर यस जिम्मेदारीलाई पूरा गर्न अठोट ग-यौँ भने कुनै कारण छैन हामीहरूले इतिहासद्वारा प्राप्त दायित्वलाई राम्ररी सफलतासाथ निभाउन नसकौँ । नेपाली काँग्रेस पूर्ण प्रजातान्त्रिक संस्था भएकोले यसको नेतृत्व व्यक्ति विशेषमा मात्र निहित नभई सम्पूर्ण प्रतिनिधि समूहमा निहित छ ।

प्रजातान्त्रिक व्यवस्थालाई महìव तथा विशेषता सामूहिक जिम्मेदारीको सिद्धान्त र भावनाले प्रदान गर्दछ । अर्थात् यस व्यवस्था सबभन्दा बढी स्वीकृत पक्ष नै सामूहिक जिम्मेदारीको सिद्धान्त र भावना हो । प्रजातन्त्रको यस मौलिक भावनाले मलाई निरन्तर आत्मविश्वास तथा साहस, प्रेरणा र उत्साह प्रदान गरिरहन्छ ।

प्रकाशित मिति: : 2021-12-11 08:15:00

प्रतिकृया दिनुहोस्