अलमलिएको कांग्रेस : व्यवस्था बदल्न सफल, समाजको अवस्था बदल्न असफल

उकेरा

काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भइसक्यो। नेताहरू आ–आफ्ना गुट, उपगुटमा बाँडिएर नेतृत्त्व चयन गर्ने चरणमा छन्। लामो समय सत्ता चलाएको कांग्रेसका नेता/कार्यकर्ता समाज रूपान्तरणमा पार्टीको ठूलो भूमिका रहेको दावी गर्दै आएका छन्।

नेपालका ठूला राजनीतिक परिर्वतनमा नेतृत्त्व कांग्रेसले गर्‍यो। २००७ सालको राणाविरुद्धको आन्दोलन होस् या ०४६ या ०६२-०६३ कै राजनीतिक आन्दोलन होस् यसको नेतृत्त्वको अग्रपङ्तिमा कांग्रेसै रह्यो।

तर जसरी राजनीतिक परिवर्तनमा सफल नेतृत्त्व गरेको देखिन्छ समाजवादी नीति लिए पनि समाज रूपान्तरणमा भने पार्टी त्यति सफल देखिन्न।

समाजशास्त्री मीना उप्रेतीका अनुसार लोकतान्त्रिक आन्दोलनमा पार्टी सफल भए पनि समाज रूपान्तरणमा असफल हुनुको कारण पार्टीभित्र रहेको अलोकतान्त्रिक विचार हो। पार्टीभित्रको किचलो अनि अलोकतान्त्रिक पद्धतिको प्रभाव नेपाली समाजमा परेको उनको विश्लेषण छ।

प्रकाशित मिति: : 2021-12-11 13:02:00

प्रतिकृया दिनुहोस्