नम्रता र दिनेशको 'के छ तिम्रो विचार' सार्वजनिक [भिडियो]

गायिका मेलिना राई र कृष्ण काफ्लेको स्वरमा 'के छ तिम्रो विचार' बोलको गीत सार्वजनिक भएको छ। दीपराज थापाका शब्द लेखन् रहेको गीतमा सोनाम बज्यूको लय सिर्जना तथा संगीत संयोजन रहेको छ।

कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटा फिचर्ड रहेको यस् भिडियोलाई शिशिर खातीले गरेका हुन्।

मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: : 2021-12-12 07:15:00

प्रतिकृया दिनुहोस्