दिवाकर घले र किरण राना काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा नियुक्त

Photo : NK
Photo : NK

काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ।

सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ। कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे।

'हामीले कोभिड १९ को माहामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौँ,' पाण्डेले भने, 'अवस्था सामान्य बन्दै छ। अब हामी उही जोश र जाँगरका साथ अघि बढ्छौँ।'

त्यस्तै संघका सचिव वसन्तराज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे।

जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी दिएका उनले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताए। उनका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

 

प्रकाशित मिति: : 2021-12-12 12:16:00

प्रतिकृया दिनुहोस्