‘बिग बोस’ होस्ट गर्न चाहने यी व्यक्ति !

भारतीय रियालिटी शो बिग बोस टीवीको चर्चित शोमध्येको एक हो। सलमान खानले होस्ट गर्ने उक्त शोलाई देख्नाका लागि दर्शकहरु निकै उत्साहित हुने गर्छन्।

सलमानलेबाहेक अरुले होस्ट गरेको रुचाउँदैनन् ‘फेन्स’। भलै पछिल्लो केही समयदेखि नै केही मानिस सलमानको ठाउँमा बस्न चाहान्छन्। सलमानको स्थानमा बस्न कोशिस गरेका उनीहरुलाई भने दर्शक देख्न चाहादैँनन्। यी व्यक्ति हुन् जो सलमानको ठाउँमा होस्ट गर्न खोजेका छन्। 

शहनाज गिल
शहनाज गिल यस साता ‘वीकेन्डका वार’ मा धमाल मच्चानेवाली छन्। ‘दबंग टूर’ को कारण यस साता सलमान बिग बोस–१५ होस्ट गर्न पाउँदैनन्। यसकारण शोका सदस्यहरुलाई सम्हाल्न उनी आउँदैछिन्। 

Quara

रणवीर सिंह
केही समयअघि रणवीर सिंह आफ्नो रियालिटी शो ‘बिग पिक्चर’ लाई प्रमोट गर्नका लागि आएका थिए। यसैबीच रणवीर सिंहले सलमानको अगाडि नै बिग बोस होस्ट गर्न सुरु गरेको थिए।

Divalikes.com

फराह खान
सलमानको उपस्थिती नभएको क्रममा फराहले धेरै पटक शोलाई होस्ट गरिसकेकी छन्। यसबाहेक उनी शोमा पाहुनाका रुपमा पनि आएकी छन्। शोमा आएपछि उनी पनि सलमानझैँ शोका सदस्यहरुलाई ‘क्लास’ लगाउँछिन्।

 Abplive.com

करण जौहर
केही समय पहिले नै करण जौहरलाई ‘बिग बोस ओटीटी’ को होस्ट गर्नै मौका मिल्यो। शोकाको होस्ट बनेपछि उनले शोका सदस्यहरुको हालत खराब गरेका थिए। भलै उनी दर्शकहरुको मन जित्न भने असफल बने। 

browngirlmagazine.com

रोहित शेट्टी 
रोहित शेट्टी बिग बोस–१५ मा धेरैपटक गइसकेका छन्। यसैबीच रोहितले शोलाई होस्ट गर्न पनि कोशिस गरेका थिए। जुन कुरा दर्शकले मन पराएका थिए। 

Daily Excelsior

प्रकाशित मिति: : 2021-12-12 14:48:00

प्रतिकृया दिनुहोस्