भारतीय सुन्दरी हरनाज सन्धुले मिस युनिभर्स–२०२१ को ताज जितेकी छन्।
सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै उनले ताज जितेकी हुन्।
योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो। यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए।