सार्वजनिक यातायातमा महिला हिंसाको नांगो रुप

उकेरा

काठमाडौँ

केही समयअघि, रातको समयमा वा कुनै पनि समयमा महिला दिदीबहिनीहरुले आफू असुरक्षित रहेको महसुस गर्नुभएमा र यातायातको समस्या भएमा मलाई दाइ-भाइ भनेर कल गर्नुहोला। म जुनसुकै बेला उपलब्ध हुनेछु भनेर आफ्नो नम्बर, यातायातको साधनको नम्बर सहित #safe_Nepal, #Nomercytorape, #savedaughters_savesociety भनिएका ह्यासट्याग सहितका पोस्टहरु टन्नै देखिएका थिए, सामाजिक सन्जाल प्रयोगकर्ता दाजुभाइहरुको वालमा। त्यस्तो पोस्टलाई प्रोत्साहन गर्न हामी दिदीबहिनी पनि पछि परेनौं। यो सुन्दर कुरा हो।

तर, यस्तो अपिल गर्नुपर्ने बाध्यता किन पर्‍यो त?

बेलुकीको समय विशेषत: सहरी क्षेत्रमा सार्वजनिक यातायात प्रयोगकर्तालाई समस्या हुन्छ। समयमा गाडी नपाउने समस्या त छँदैछ, गाडीभित्र अत्यधिक भीडका कारण उत्पन्न हुने समस्या पनि आफ्ना ठाउँमा छन्। त्यहि भीडकै कारण देखाउँदै महिलामाथि  दुर्व्यवहार गर्नेहरु पनि सक्रिय  छन्। यस्ता दुर्व्यवहार र यौनजन्य हिंसाको अनुभूति महिलाले आफ्नो परिचित साथीभाइहरुसँग तँछाडमछाड गर्दै बाँड्ने गर्छन्। 

प्रकाशित मिति: : 2021-12-15 16:53:00

प्रतिकृया दिनुहोस्