उर्लावारी क्याम्पसका विद्यार्थीमाथि निर्घात कुटपिट, दुई जना अस्पताल भर्ना [अपडेट]

मदन नेपाली

उर्लावारी
Breaknlinks
Breaknlinks

उर्लावारी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुमाथि निर्घात कुटपिट भएको छ। उर्लावारी-४ आइतबारका 'इमिल लिम्बू'लगायतको समूहले विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको हो।

बुधबार क्याम्पसमा आयोजना भइरहेको कार्यक्रममा लिम्बूसहित गौतम तामाङलगायतको समूहले विद्यार्थीहरु रामु तिवारी र दिलिप पोखरेलमाथि कुटपिट गरेको हो। घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

तिवारीको शरीरमा विभिन्न चोट लागेको छ भने पोखरेलको टाउकोमा चोट लागेको छ।

उर्लावारी बहुमुखी क्याम्पसका कुनै सरोकार नै नभएका लिम्बू समूहले क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीहरुमाथि कुटपिट गरेको हो।

 

प्रकाशित मिति: : 2021-12-16 11:18:00

प्रतिकृया दिनुहोस्