नायक सलिनमान बनियाँ विवाह गर्ने तयारीमा

File photo
File photo

नेपाली फिल्मका चर्चित नायक सलिनमान बनियाँ विवाह गर्ने तयारीमा छन्। 

उनले अस्प्रिना श्रेष्ठसँग विवाह गर्न लागेको कुरा बाहिरिएका छन्। उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा थिए। 

सलिन र अस्प्रिनाको परिवारिक भेटघाटको तस्बिर अस्प्रिनाले इन्स्टाग्राममा शेयर गरेकी छिन्। जसकारण विवाह हुन लागेको चर्चा चलिरहेको हो। 

सलिनमानले अस्प्रिनालाई कार उपहार दिएको र दुवैको परिवार विवाह ढिलो नगर्ने पक्षमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-17 13:13:00

प्रतिकृया दिनुहोस्