इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ।
शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेको हो। इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टो गाग्लीयर्दिनीले १र१ गोल गरे।
जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ। दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ। पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ।