मनीषा कोइराला: छोरीको कामबाट गौरवान्वित आमा सुषमा कोइरालाको मुखबाट मनीषाको कथा

बिबिसी

काठमाडाैँ

कुनै बेलाकी चर्चित बलिवूड अभिनेत्री मनीषा कोइरालाले आफ्नो ५१ औँ जन्मदिन मनाएको धेरै भएको छैन।

उनको व्यक्तिगत र व्यावसायिक जीवनका आरोह अवरोहलाई नजिकबाट नियालेकी उनकी आमा सुषमा कोइरालाले छोरी जन्माउँदाको समय सम्झिँदै भन्छिन्, "मेरा बुवाले धिक्कार भनेजस्तो भाव देखाउनुभयो। म बुवासँग त्यसपछि ३/४ महिना बोलिनँ।"

उनका बुवामात्रै नभइ ससुरा बुवा कांग्रेस नेता बीपी कोइरालाले पनि विदेशमा रहेका बेला के जन्मियो भन्ने जिज्ञासामा एउटा पोष्टकार्डसहित पत्र लेखेको सम्झना उनको मनमा ताजा छ। 

"नानु, यति बेलासम्म त तिम्रो यस्तो छोरा जन्मिसक्यो होला?"

उनलाई लाग्छ छोरा र छोरीबारे त्यति बेलाको मानसिकता त्यस्तै थियो। सबैले छोरी होइन, छोरा नै हुनुपर्छ भन्थे। तर भर्खरै जन्मिएकी छोरीलाई अस्पतालको वार्डमा काखमा लिएपछि उनले दृढ अठोट गरिन् - 'दुनियाँलाई देखाउँछु। तँलाई म स्वीट्जरल्याण्ड पढ्न पठाउँछु।'

बलिवूड चलचित्र दंगलमा आमिर खानको चर्चित संवाद 'हमारी छोरी छोरो से कम हे के?' जस्तै गरी उनी प्रतिप्रश्न गर्छिन्, "मेरो छोरी छोराभन्दा कम छे र?"

प्रकाशित मिति: : 2021-12-18 16:48:00

प्रतिकृया दिनुहोस्