‘चुरा-पोते खोसिएकी सीता’लाई चुरा-पोतेले नै दियो सफलता

भन्छिन्- सीप सिकेपछि कसैको अघि हात फैलाउन पर्दैन रहेछ

उकेरा

काठमाडौँ

रुपन्देही तिलोत्तमा-३ कि सीता मल्ललाई संघर्षको दिनमा चुरा र पोतेले साथ दियो। अहिले त्यसैले सफलता पनि दिँदैछ।

एक समय थियो, सीता घरायसी काम गर्थिन्। श्रीमान् टिपर चलाउँथे। श्रीमान्कै कमाइले घरखर्च र दुई छोराहरूको शिक्षा दिक्षा धानिएको थियो।

तर ७ वर्षअघि उनले श्रीमान्लाई सधैंका लागि गुमाइन्। उनको सिउँदोको सिन्दुर, हातको चुरा र गलाको पोते खोसियो।

त्यसपछि अहिले सबै जिम्मेवारी सीताको काँधमा छ। छोराहरूलाई उच्च शिक्षा दिन होस् वा घर चलाउन, सीता एक्लै संघर्ष गरिरहेकी छिन्।

प्रकाशित मिति: : 2021-12-19 11:15:00

प्रतिकृया दिनुहोस्