तल्सिङ र मोहीको मिथक : ‘योमरी पुन्ही’

‘योमरी’ खानासँगै नेवारको जीवन्त संस्कृति पनि

रातोपाटी

काठमाडौँ

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ। २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ।

यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ। योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ। योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ।

योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन। लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा। त्रिरत्न मानन्धर यो संस्कृति मध्यकालदेखि रहँदै आएको विश्वास व्यक्त गर्छन्। उता ज्यापू संस्कृति विकास कोषका संरक्षक तीर्थराम डंगोलले यो संस्कृति लिच्छविकालदेखि नै सुरु भएको बताउँछन्।  

प्रकाशित मिति: : 2021-12-19 11:43:00

प्रतिकृया दिनुहोस्