‘बिग बोस–१५’ :  शोबाट बाहिरिए रितेश सिंह र राजिव अदातिया !

बलिउड अभिनेता सलमान खानका ‘कन्ट्रोवर्शियल’ टीवी रियालिटी शो ‘बिग बोस–१५’ मा ‘वीकेन्डका वार’ मा दुई सदस्य शोबाट बाहिरिने भएका छन्।

‘वीकेन्डका वार’ सदस्यहरुका लागि निकै नै हंगामय हुनेछ। दुई सदस्य बाहिरिएसँगै अन्य सदस्यहरु पनि ‘सक्ट’ हुनेछन्। शोबाट राखी सावंतका श्रीमान रितेश सिंह र शिल्पा शेट्टी र शमिता शेट्टीका राखी भाई राजीव अदातिया पनि शोबाट बाहिरिनेछन्। 

उनी आफ्नो ‘मस्किने’ बानीका कारण निकै चर्चामा आउने गरेका थिए। जसकारण उनको खेल दर्शकहरुले खूब रुचाएका थिए। उनको प्रशंसा ‘बिग बोस–७’ की बिजेता गौहर खानले समेत तारिफ गरेकी थिइन्। तर दर्शकहरुले दिएको कम ‘भोट’ कै कारण उनी बाहिरिनेछन्। 


 

प्रकाशित मिति: : 2021-12-19 12:06:00

प्रतिकृया दिनुहोस्