भारतको अमृतसरमा सिख धर्मग्रन्थको 'अपमान' गर्न खोजेको भन्दै कुटीकुटी एक जनाको हत्या

बिबिसी

काठमाडौँ

भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो।

ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ।

सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ 'गुरु ग्रन्थ साहिब' राखिएको हुन्छ।

गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ।

प्रकाशित मिति: : 2021-12-19 18:46:00

प्रतिकृया दिनुहोस्