गायक राजु आङदेम्बे र गायीका सुनिता थेगिम लिम्बुको आवाजमा ‘अरुणै घुमेर’ बोलको पूर्वेली लोकगीत सार्वजनिक भएकाे छ।
युट्युवमार्फत सार्वजनिक गरिएकाे उक्त गीतमा शब्द कमान धोज लावतीको रहेको छ।
राजु आङदेम्बेकै लयमा तयार भएकाे गीतकाे संगीत संयाेजन पदमरजन मगरले गरेका हुन्। काठमाडाैँ र हङकङमा छायाँङ्कन गरिएकाे गीतकाे म्युजिक भिडियाेमा राजु र सुनिताकाे अभिनय रहेकाे छ।
राजुले बिगत २५ वर्षदेखी हङकङमा रहेर पनि पूर्वेली लोकगीत संगीतको जगेर्ना गर्न निरन्तर लागि पर्दै सयौं गीतमा आवाज तथा शब्द/संगीत गर्दै आएका छन्।
भिडियाे: