सरकारी विद्यालय पढेका त्रिविका ‘गोल्ड मेडलिस्ट’

शिलापत्र

दिनेश गौतम

चार दिनअघि कास्की पोखराको जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक विश्वासराज पौडेललाई फेसबुकमा म्यासेज आयो– ‘स्वर्ण पदक पाएकोमा बधाई छ ।’

उपप्राध्यापकसँगै त्रिभुवन विश्वविद्यालयको एमफिलको विद्यार्थी पनि थिए, उनी । उनले त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप-प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाउने खबर विद्यार्थीबाट थाहा पाए । स्वर्ण पदक पाउँछु भन्ने विश्वासलाई विश्वास थिएन । 

‘बिहान ६ बजे क्याम्पस जाने तयारी गर्दै थिए । विद्यार्थीको म्यासेजबाट थाहा पाएँ,’ सोमबार त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाबाट पदक ग्रहण गरेपछि उनले भने, ‘यसलाई सामान्य रूपमा लिएर आफ्नो काम गरेँ ।’ 

प्रकाशित मिति: : 2021-12-20 21:16:00

प्रतिकृया दिनुहोस्