ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने

बिबिसी

फिलिपा रक्स्बी

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्।

दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।

तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ?

सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट - जस्तै, डेल्टा वा ओमिक्रोन - पनि किटान गर्न सक्छन्।

प्रकाशित मिति: : 2021-12-23 07:50:00

प्रतिकृया दिनुहोस्