नयाँ भेरिएन्टको त्राश बढिरहँदा नेपालमा तयारी तीव्र पार्न भाइरोलोजिस्टहरूको यस्तो सुझाव

बिबिसी

काठमाडाैँ

धेरै देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिने क्रम तीव्र भएको अवस्थामा नेपालका भाइरसविज्ञहरूले तयारीमा तीव्रता दिनुपर्ने बताएका छन्।

खोप लगाएकै वा यसअघि कोभिड सङ्क्रमित भइसकेकामा ओमिक्रोनले देखाउने लक्षण र असरहरू अझ प्रस्ट नभइसकेको अवस्थामा नयाँ भेरिअन्ट छुट्ट्याउने काम धेरै गर्नुपर्ने उनीहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, "हरेक प्रदेशमा, विदेशबाट आउनेहरूलाई विमानस्थलमा, भारतसँग जोडिएका नाकाहरूमा जीनोम सीक्वन्सिङ सेवा बढाएर छिटो नतिजा आउने अवस्था बनाउनुपर्छ।"

"जसले सङ्क्रमण धेरै नफैलिसक्दै व्यवस्थापन गर्न सकिन्छ।"

नेपालका हालसम्म तीन जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2021-12-23 18:38:00

प्रतिकृया दिनुहोस्