यी पोर्न स्टार जो २०२१ मा सर्वाधिक खोजिए 

Photo: Agency
Photo: Agency

सन् २०२१ अन्त्यको संघारमा छ। यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए। घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए। अधिकांशले पोर्न साइटतिर नजर डुलाए। यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ।

एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ। यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन्। उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जेन्डर र डेमोग्राफिक्स सामेल छन्।

यो वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया काल्कोभा छन्। यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन्।

लाना सबैको मनपर्ने पोर्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन्। एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ।

च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन्। अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन्। यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्दछ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन्। यो वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन्।

अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए। जबकी यो वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे। हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो। यसमा पात्र र तस्बिरलाई बढी कामुक देखाइन्छ।

प्रकाशित मिति: : 2021-12-23 19:19:00

प्रतिकृया दिनुहोस्