अन्तरविरोधमा आत्मसमीक्षा

अन्नपूर्ण पोष्ट

शक्ति बस्नेत

माओवादीका नेताहरूमा स्पष्ट दृष्टिकोण छ। उनीहरू सक्रिय र योग्य पनि छन्।

मुलुक महाधिवेशनको सरगर्मीमा छ। अन्य पार्टीका राजनीतिक विचार र संगठनात्मक मूल्य एवं मान्यताको हिसाबले हाम्रो संकल्प र प्रतिवद्धता फरक छ। वास्तविकतालार्ई सम्मेलनमार्फत व्यावहारिक रूपमा सन्देश प्रवाह गर्न चाहन्छौं र गर्छौं पनि। कुनै पनि पार्टी भनेको उन्नत उत्कृष्ट नेताहरूको जमघट हो। नेता भनेका पार्टीका पुँजी पनि हुन्। देशका बारेमा पार्टीले के गर्ने भन्ने पार्टीको विचार र धारणामा भर पर्छ। पार्टीको आदर्श र मूल्य के हो ? त्यो विचारले निर्धारण गर्छ। के गर्ने भन्ने कार्यक्रमले निर्धारण गर्छ। कसले गर्ने भन्ने कुरा मात्र पार्टीमा आइपुग्छ। पार्टीको सम्मेलनमा हामी देशको अवस्था, स्थिति, सम्भावना र समस्या अनि जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा चिन्तन र मनन गर्नेछौं। विचारको मन्थन गर्नेछौं।

प्रकाशित मिति: : 2021-12-26 07:24:00

प्रतिकृया दिनुहोस्