खगेन्द्रका फिल्म नछुटाई हेर्ने उनका आमाबुबाले हेर्न नचाहेको 'पशुपति प्रसाद'को एउटा दृश्य

शिलापत्र

काठमाडौँ

खगेन्द्रलाई लेखनतिर चासो थियो, नाटक अनि फिल्मतिर केही वास्ता थिएन। चिनजानका साथीभाइ नाटक खेल्थे। पोखराको पृथ्वीनारायण क्याम्पसमा पढिरहँदा एक दिन साथीले प्रस्ताव राखे, ‘खगेन्द्र नाटक खेलौँ।’

उनले जवाफ फर्काए, ‘मलाई आउँदैन। कसरी खेल्ने ?’

ती साथीले भने, ‘हामी सिकाउँछौँ, खेलौँ।’

राष्ट्रिय नाचघरले २०५६ साल वैशाखमा पोखरामा पश्चिमाञ्चल क्षेत्रीय नाटक प्रतियोगिता आयोजना गरेको थियो। २१ वर्षीय खगेन्द्र साथीभाइको लहैलहैमा लागेर पोखराको दीपेन्द्र सभागृहमा नाटकको मञ्चमा पुगे। २०५४ सालमा स्याङ्जा पुतलीबजारबाट पोखरा आएका उनलाई त्यही मञ्चले कलाकार बन्न हौस्यायो। नाटकप्रतिको हुटहुटी र निरन्तरताले उनी अहिले धेरैका प्रिय कलाकार बनेका छन्। उनलाई लेखकभन्दा पनि कलाकार भनेर चिन्नेको जमात ठूलो छ।

पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार भएको ‘गफ कन्सर्ट’मा खगेन्द्रले आफ्नो नाटक, फिल्म यात्रा, बुबाको सपना, लेखनका गफ सुनाए। स्याङ्जालीहरूमा लोकसेवामा नाम निकालेर सरकारी जागिरे बन्नुपर्छ भन्ने सोच थियो, त्यो सोच अहिले पनि छ। खगेन्द्रले नाटकमै आनन्द पाए, लोकसेवातिर उनको मन लागेन। ‘त्यो दिन नाटक खेलेपछिको जस्तो असीमित आनन्द पहिला कहिल्यै मिलेको थिएन।

प्रकाशित मिति: : 2021-12-27 13:10:00

प्रतिकृया दिनुहोस्