छोरालाई घिसार्दै सेना अघि-अघि, हारगुहार गर्दै आमा पछि-पछि

मर्‍यो भनेर फालिएका उमानाथ अहिले पनि सेना-प्रहरी देख्दा थरथर काम्छन्

उकेरा

काठमाडौँ
File Photo
File Photo

 लुगलुग कामेको शरीर। हातमा लौरी। शीरमा ढाका टोपी। भित्र थर्मकोट, बाहिर बाक्लो चेक सर्ट र खैरो रङको ट्राउजरमा कान्छा छोराका साथमा थिए उमानाथ ढुंगाना।

मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस परेको थियो। द्वन्द्वपीडितको विषयमा कार्यक्रम हुँदै थियो। प्रमुख अतिथि थिइन् महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी। नेपाली कांग्रेसकी नेता समेत रहेकी रेग्मीको पार्टीको त्यही दिन १४औं महाधिवेशन उद्घाटन पनि थियो।

उनी हतारमा थिइन्। द्वन्द्वपीडितको कार्यक्रम अवधिभर बस्न नपाउने जानकारी गराएपछि आयोजकले उनलाई छिट्टै बोल्ने पालो दिए।

सरकारको सूचीमा नअटाएका द्वन्द्वपीडितहरुलाई मन्त्री रेग्मीले आशा जाग्ने शब्द बोल्लिन् भन्ने लागेको थियो। तर मन्त्रीले त उल्टो 'अपांग हुनु भाग्यको खेला हो' भनेर निराश पो बनाइदिइन्। ‘मलाई अध्यात्ममा पनि विश्वास लाग्छ। अपाङ्ग हुनु घटना मात्रै नभएर भाग्यको खेला पनि हो,’ मन्त्री रेग्मीले यसै भनिन्।

तर, यो स्थितीमा आइपुग्नु उमानाथको भाग्यको खेला थिएन। उनी त सरकार-माओवादीबीच भएको युद्धको पेलानमा परेका थिए। सशस्त्र द्वन्द्वपछि त हो, खेतबारीमा काम गर्ने, प्रष्ट बोल्ने, सक्रिय जीवन बिताइरहेका उमानाथ मान्छेदेखि डराउन थालेको। 

प्रकाशित मिति: : 2021-12-30 16:40:00

प्रतिकृया दिनुहोस्