फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ। जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन्। यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन्।
‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ। जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ। यी सबै बायोपिक फरकफरक चरणमा छन्। केहीको कथा अहिले विकसित भइरहेको छ। आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उनले भनेका छन्।
फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो। कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ। फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ।