‘शिक्षामन्त्रीले किताब किने, अरू नेता झुल्किएनन्’

राप्रपाको महाधिवेशनमा बेच्ने किताबको अभाव

रातोपाटी

काठमाडौँ

मङ्सिर–पुसको जाडोमा राजनीतिक दलका महाधिवेशनहरू भइरहेका छन्। महाधिवेशनमा पार्टीका आगामी कार्यदिशाबारे छलफल चलिरहँदा कार्यक्रमस्थल बाहिर विभिन्न पुस्तक बिक्रीका लागि खटिएका पुस्तक व्यापारीहरू भने निराश अवस्थामा भेटिए।

नेकपा एमालेको महाधिवेशन चितवनमा सम्पन्न भयो। त्यहाँ पनि सडक छेउमा पुस्तक फिँजाएर बिक्रीका लागि राखिएकै थिए। काँग्रेस र राप्रपाको काठमाडौँमा सम्पन्न महाधिवेशनमा पनि पुस्तक विक्रीका लागि राखिएका थिए। अहिले माओवादी केन्द्रको महाधिवेशन काठमाडौँको प्रज्ञा भवनमा चल्दैछ। यहाँ पनि पुस्तक बिक्री गर्ने व्यापारीहरू खटिएका छन्।

विभिन्न कार्यक्रममा पुस्तक बेच्दै हिँड्नेमध्येका एक हुन्– रामेछाप घर भएका दीपक श्रेष्ठ। उनी २०६५ सालमा काठमाडौँ आएका थिए। काठमाडौँ आएपछि उनले जीविकोपार्जनका लागि धेरै काम खोजे तर, कुनै टिकाउ भएनन्। अन्ततः उनी पुस्तक बेच्दै हिँड्न थाले।

प्रकाशित मिति: : 2022-01-02 10:53:00

प्रतिकृया दिनुहोस्