विद्रोहीहरु बढी कोमल हुन्छन्: केशव सिलवाल [भिडियाे]

कवि तथा लेखक हुन्, केशव सिलवाल। ललितपुर लेलेका सिलवालले तेस्रो कवितासंग्रहका रूपमा शनिबार 'चिबेचरा' सार्वजनिक गरेका छन्।

प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए थिए। उनी अखिल नेपाल लेखक संघका निवर्तमान अध्यक्ष तथा जनसांस्कृतिक महासङ्गका उपाध्यक्ष समेत हुन्।

चिबेचरा ल्याउनुअघि उनले २०६३ सालमा ‘वर्जित अवशेष’ र २०६६ सालमा ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशित गरेका थिए। त्यस्तै उनले दर्जनाैँ फुटकर कविता समेत प्रकाशित गरेका छन्। त्यसक्रममा उनकाे ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित बनेकाे थियाे। 

उनले शनिबार सार्वजनिक गरेकाे कविता संग्रहमा पनि उत्पीडनमा परेका मान्छेहरूकाे कथा समेटिएकाे छ। जसमा ५० वटा कविता समावेश छन्। 'चिबेचरा'मा आर्थिक, सांस्कृतिक र भाषिक रुपमा तल परेका मान्छेहरू केन्द्रमा ल्याउनुपर्छ भन्ने कथा रहेकाे सिलवालले बताएका छन्। यसरी उत्पीडनमा परेका मानिसहरूकाे कथा कवितामा संग्रहित गरेका कवि सिलवालसँग बिएल नेपाली सेवाका लागि दिलिप कुवँरले गरेकाे कुराकानी प्रस्तुत छ:

भिडियाे:

प्रकाशित मिति: : 2022-01-02 14:16:00

प्रतिकृया दिनुहोस्