विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।
उनीसहित अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेकाे अधिकारीहरूले जानकारी दिएका छन्।
अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्। उनलाई सङ्क्रमण भएको कुरा अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको छ।
सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरू गुमाएका छन्। उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरूले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन्।
अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरू अहिले नराम्रोसँग प्रभावित भएका छन्।