भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण

बिएल संवाददाता

नयाँ दिल्ली
News18

भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो।

औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन्। पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ। भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन्। 

त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन्। भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ। तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ। 

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ। उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2022-01-04 09:06:00

प्रतिकृया दिनुहोस्