काेराेना महामारीकाे कारण नेपाली सिनेमा उद्याेग लामाे समयसम्म सुनसान बन्याे। अन्य देशमा विभिन्न माध्यमबाट फिल्म रिलिज भइरहँदा नेपाली फिल्म निर्माताले फिल्म ल्याउन सकेनन्। तर, अहिले अवस्था फेरिएकाे छ। काेराेना महामारीकाे जाेखिम कम भएसँगै केही फिल्महरू रिलिजकाे तयारीमा छन्। यी हुन् सन् २०२२ रिलिजकाे तयारमा रहेका नेपाली फिल्म सिक्वल:
प्रेम गित ३
नेपाली चलचित्र ‘प्रेम गित ३’ को पहिलो प्रदर्शन मिति २०७६ साल चैत २८ गतेलाई तोकिएको थियो। तर, कोरोना महामारीका कारणले उक्त चलचित्रको प्रदर्शन मितिमा चलचित्र पर्दशनमा आउन सकेन। दोस्रो पटक २०७८ फागुन १३ मा प्रदर्शन मिति घोषणा गरेको प्रेम गित ३ को फेरि प्रदर्शन मिति पुन: रोकिएको छ। सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र प्रेमगित ३ लाइ सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का र कृष्टिना गुरुङ लगायत कलाकरको अभिनिय रहेको छ।
लप्पन छप्पन २
‘लप्पन छप्पन २’को पहिलो प्रदर्शन मिति २०७७ साल चैत २७ गतेलाई तोकिएको थियो। तर, कोरोना महामारीका कारणले उक्त चलचित्रकाे पनि प्रदर्शनमा आउन सकेन। सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र लप्पन छप्पनलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन्। भने, निर्माण सुरज अधिकारी र प्रजापति सिवाकोटीले गरेका हुन्। चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पन थापा, अनुपविक्रम शाही, सरिता गिरी, एञ्जल श्रेष्ठलगायत कलाकारको अभिनिय रहेको छ।
चपलि हाइट ३
यसअघि पटक–पटक रिलिज मिति तोकेको चलचित्र ‘चपलि हाइट ३’ पनि अब आउने भएको छ। कोरोना महामारी र बलिउड चलचित्रसँग प्रदर्शन मिति जुधेर भागिरहेको ‘चपलि हाइट ३’ले अहिले प्रदर्शन मिति पुस मसान्तलाई तोकेको छ। यस चलचित्रकाे निर्देशक निकेश खड्काले गरेका छन्। भने, चलचित्रलाई अर्जुन कुमार, नरेन्द्र महर्जन र हेमन्त धामीले निर्माण गरेका हुन्। जसमा कलाकारहरु स्वस्तिमा खड्का, सुपुस्प भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पन थापालगायतको अभिनय रहेको छ।
म यस्तो गीत गाउछु २
‘म यस्तो गीत गाउछु २’ले पनि यही माघ १९ मा प्रदर्शन मिति तय गरेकाे छ। सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘म यस्तो गीत गाउछु २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। चलचित्रमा पल शाह, पूजा शर्मालगायत कलाकारको अभिनिय रहेको छ। यो चलचित्र पनि दर्शकहरुको रोजाइमा परेको छ।
ए मेरो हजुर ४
सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र 'ए मेरो हजुर ४'लाई नायिका तथा कलाकार झरना थापाले निर्देशन गरेका हुन्। चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पन थापा, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ। अघिल्लो सिरिजहरुको सफलता पश्चात यो चलचित्र पनि दर्शकले रोजाइमा राखेका छन। एकातिर अनमोल केसीको स्टारडम र अर्कोतिर राम्रो व्यानरको भएकोले यो चलचित्र पनि राम्रो हुने विश्वस लिइएको छ।
कबड्डी ४
काजीको एकोहोरो प्रेमलाई मुख्य केन्द्र बिन्दुमा राखेर बन्दै आएको कबड्डी सिरिजको फाइनल म्याच ‘कबड्डी ४’ प्रदर्शनका लागि पर्खेको छ। यस चलचित्रकाे निर्देशन रामबाबु गुरुङले गरेका छन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दी तामाङ, मिरुना मगरलगातकाे अभिनय रहेकाे छ। अघिल्लो सिरिजहरुको सफलता पश्चात यो चलचित्र पनि दर्शकले रोजाइमा रहेकाे छ। जसलाई बासुरी फिल्मले निर्माण गरेको हो।