चौथो अंगमा हरि अधिकारी : च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक

उकेरा

काठमाडौँ

समीक्षा र पत्रकारिताबारे कुराकानी गर्नुअघि नेपाली मिडियामा समीक्षालाई कसरी हेरिन्छ भनेर दुई वटा उदाहरण दिन्छु।

केही वर्ष पहिले म एउटा दैनिक पत्रिकामा पुस्तक समीक्षा लेख्थें। खुलेको छोटै अवधिमा त्यो पत्रिका पाठकको रोजाइमा परेको थियो। मेरो समीक्षा पढेर पुस्तक किन्ने गरेको छु भन्ने पाठकसम्म भेटिन्थे।

त्यो पत्रिकामा मैले समीक्षा लेख्न थालेको करिब एक वर्ष भएको थियो। एक जना साहित्यकारले आफ्नै अन्तर्वार्ताको संग्रह निकाले। सो पुस्तकमा उनको महिमामण्डन गाइएको थियो।

मैले त्यति राम्रो पुस्तक लेख्ने मान्छेले आफ्नै अन्तर्वार्ता छापेर किन पुस्तक निकालेका होलान्? आफ्नै महिमामण्डन पनि गाउने हो? यो त गल्ती भयो भनेर लेखेको थिएँ। भोलिपल्ट पत्रिका हेर्दा समीक्षा थिएन। मेरो समीक्षा छापिने स्थानमा त पेट दुखेको बेला के खाने भनेर पो छापिएछ। 

प्रकाशित मिति: : 2022-01-04 16:53:00

प्रतिकृया दिनुहोस्