छैटौँ पटक राखेको नाम 'प्रचण्ड' बाट चिनिने यी माओवादी नेता कसरी ३२ वर्षदेखि पार्टी प्रमुख छन्

बिबिसी

काठमाडाैँ

पैँतीस वर्षको हुँदा कट्टर वामपन्थीहरूको दल नेकपा मशालको प्रमुख अर्थात् महामन्त्री भएका पुष्पकमल दाहाल ६७ वर्षमा फेरि एक कार्यकालका लागि नेकपा माओवादी केन्द्रको अध्यक्ष चयन भएका छन्।

विभिन्न समयमा फेरेका छ वटामध्येको एउटा नाम 'प्रचण्ड' प्रयोग गरेर आफूलाई चिनाउने दाहाल निरन्तर ३२ वर्षदेखि पार्टीको प्रमुख पदमा बसिरहने कमै नेपाली नेताहरूमा पर्छन्।

सामान्य परिवारमा जन्मिएका उनी दुई पटकसम्म देशको प्रधानमन्त्री बनिसकेका छन्।

पच्चीस वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र द्वन्द्व नेपालमा ठूलो राजनीतिक परिवर्तनमा कारक बनेको बताइन्छ। माओवादीले उक्त सङ्घर्षलाई 'जनयुद्ध' भन्ने गरेको छ।

प्रकाशित मिति: : 2022-01-04 18:03:00

प्रतिकृया दिनुहोस्