त्रिशूली किनार हडपेर व्यवसाय

पृथ्वीराजमार्ग आसपास त्रिशूली नदी किनारमा सार्वजनिक जग्गा हडपेर ठूला होटल, रिसोर्ट तथा राफ्टिङ क्याम्प सञ्चालनमा छन्। पालिका दर्ता नभई दसौं वर्षदेखि सञ्चालनमा रहेका ती सबैले करसमेत नतिर्ने गरेको वडाध्यक्षहरू बताउँछन्।

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा १० वर्षदेखि सञ्चालित चारवटा रिसोर्टले सार्वजनिक जग्गा ओगटेको वडा सदस्य मीनबहादुर सुनार बताउँछन्। ‘हाम्रो वडाभित्र रिभर फन रिसोर्ट, गोरखा बीच, त्रिशूली बीच र जीआरजी क्याम्प सञ्चालनमा छन्,’ उनी भन्छन्, ‘सबै रिसोर्टले ओगटेकोमध्ये कम्तीमा २० प्रतिशत जग्गा सार्वजनिक हुन्।’ उनीहरू कसैले पनि स्थानीय सरकारसँग अनुमति नलिएको उनको भनाइ छ। उनीहरूले बगरमै भिन्न पक्की तथा अस्थायी संरचना बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन्। 

प्रकाशित मिति: : 2022-01-05 12:54:00

प्रतिकृया दिनुहोस्