प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछ ः मुख्यमन्त्री पोखरेल

File photo
File photo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताएका छन्।

आज लमजुङ बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उनले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताए। 

प्रदेश सरकारले खेललाई अगाडि बढाउने सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको एउटा फुटबल रिसर्च सेन्टर बनाउनका लागि जग्गा लिएको र पोखरामा स्थापना गर्नका लागि फिफाबाट लगभग रु २० करोड विनियोजित भएर ठेक्कामा जान लागेको उनले जानकारी दिए।

आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बर्सेनि यसरी नै फुटबल प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा लुकेर रहेका दक्ष खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रियस्तरका खेलाडी बनाउने कार्य गर्दै आएको बताए।

खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आए पनि गुणस्तरीय खेलकुद मैदान बनाउन आर्थिक समस्या भएकाले यसमा तीनवटै सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2022-01-05 21:55:00

प्रतिकृया दिनुहोस्